दफा ११
औषध नियन्त्रण अधिकारीले लागू औषध नष्ट गर्ने आदेश दिन सक्ने
: औषध नियन्त्रण अधिकारीले देहायका लागू औषध नष्ट गर्न आदेश दिन सक्नेछ :
(क) यस ऐन विपरीत कुनै जग्गामा खेती भइरहेको गाँजा, अफिम र कोका,
(ख) दफा ४ बमोजिम छुट भएका क्षेत्रमा बाहेक अन्यत्र आफै उम्रिराखेको गाँजा, अफीम र कोका,
(ग) बेवारिसी अवस्थामा फेला परेका कुनै लागू औषध, र
(घ) यस ऐन अन्तर्गतका कसूरसम्बन्धी मुद्दा अदालतमा दायर हुन नसक्ने अवस्था परेमा सो कसूरसित सम्बन्धित लागू औषध ।